एटिएम मेसिन फोड्दै गर्दा एक जना पक्राउ

42

विराटनगर, २ मंसिर । विराटनगरको महेन्द्र चोकमा रहेको एटिएम फोड्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–११ घर भइ वडा नम्बर ९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेश कुमार कामतलाई एटिएम मेसिन फोड्दै गर्दा पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार विराटनगर–९ महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर फोड्दै गर्दा कामत पक्राउ परेका हुन् ।

कामतले चाबी र सानो फलामको चक्कुले एटिएम मेसिन खोल्न खोज्दै गर्दा पक्रउ परे । उनको साथबाट २ थान चाबी र सानो चक्कु बरामद भएको थियो ।

पक्राउ परेका कामतविरूद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...