जुवाको खालबाट ८० जना पक्राउ

23

चितवन, २ मंसिर । जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरूबाट ५ लाख ४८ हजार ५९२ रूपैयाँ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरूद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ । उनीहरूबाट ३ लाख १७ हजार १५० रूपैयाँ बरामद गरिएको थियो । उनीहरू धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन् । उनीहरूबाट २ लाख ३० हजार ४४२ रूपैयाँ बरामद गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...