सङ्खुवासभामा जुवातास खेल्ने ७ जना पक्राउ

1,415

खाँदबारी, २८ कात्तिक । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरले सोमबार मध्यरातमा जुवातास खेलिरहेका चैनपुर नगरपालिका–३ तीनखोप्रेका प्रेम बहादुर कटुवाल, रिन्जेवांदी शेर्पा, भरत खत्री, रविन कटुवाल, सुरेन्द्र खत्री, सूर्यकिरण भण्डारी र मोहन कुमार अधिकारीलाई प्रकाउ गरेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

पक्राउ परेका उनीहरूको साथबाट नगद ३८ हजार ३३५ रूपैयाँ बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...