कोशीमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

18

काठमाडौँ, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले निर्वाचन प्रक्रियामार्फत् एमालेसहित गठबन्धनका चारै दलको जम्मा ८६ मत पाएका हुन् ।

प्रदेशसभामा रहेका ९३ सांसदमध्ये ९१ जना मतदानमा सहभागी भएका थिए । एक जना अनुपस्थित रहेका थिए भने उपसभामुख सिर्जना दनुवारले मत दिन पाइनन् ।

राप्रपाका ६ सांसदमध्ये एक जना अनुपस्थत हुँदा ५ मत विपक्षमा पर्‍यो ।

एमालेको समर्थनमा कांग्रेसबाट ८ सांसद विद्रोह गराइ कार्कीले बिहीबार ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए ।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...