मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

19

विराटनगर, २९ असोज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते (बुधबार) विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...