काठमाडौँ, २९ असोज । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छन् ।
काठमाडौँ महानगर समितिले आइतबार आयोजना गरेको महानगरस्तरीय चंगा प्रतियोगिता कार्यक्रममा बोल्दै उनले सामाजिक एकतालाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताएकी हुन् । “देशमा जात–जातकाबीचमा विभिन्न अन्तरविरोध र द्वन्द्व सिर्जना भइरहेको छ, उक्त काम गलत हो, सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्छ,” उनले भनिन् ।
आजसम्म विभिन्न जातजाति मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै नेतृ शाक्यले अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताइन् । सामाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने उनको भनाइ थियो ।