सङ्खुवासभामा डेङ्गु परीक्षण कीट अभाव

35

खाँदबारी, २५ असोज । सङ्खुवासभाको जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने कीट अभाव भएको छ । कीट अभावले बिरामीलाई मर्का परेको छ । अस्पतालमा बिरामीको सङ्ख्या भने बढिरहेकोछ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका अनुसार अस्पतालमा आउने बिरामीले डेङ्गु परीक्षण सेवा नपाएर निजी अस्पताल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा तीन दिनदेखि कीट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको हो । कीटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको छ ।

सङ्खुवासभामा साउन महिनायता डेङ्गु संक्रमितको सङ्ख्या एक हजार ३२१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा डेङ्गुका बिरामी बढ्दै गएपछि शय्यासमेत अभाव हुन थालेको छ । बिरामीलाई अस्पतालको ‘प्यासेज’ र सभाकक्षमा राखेर उपचार गर्नुपरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...