काठमाडौँ, २१ आसोज । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडवाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।
राष्ट्र बैंकले हरेक वर्ष चाडवाडमा नयाँ नोट सटही सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिने छ । वाणिज्य बैंकहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्ने छ ।
काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।