गरिमा विकास बैंकले सुरू गर्‍यो क्रेडिट कार्डमा इएमआई सेवा

40

काठमाडौँ, २० असोज । गरिमा विकास बैंक लिमिटेडले विकास बैंकहरूमा पहिलो पटक क्रेडिट कार्डमा इएमआई सेवा सुरू गरेको छ । ‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडित कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूका लागि सुरूवात गरेको हो ।

यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ बैंकले विकास बैंकहरूमा नै पहिलोपटक क्रेडिट कार्डमा इएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरूवात गरेको हो । यसअन्तर्गत बैंकले सम्झौता गरेको विक्रेताहरूसँग सामान खरिद गरी बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभइ शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रूपमा तिर्न सकिने बैंकले जनाएको छ ।

साथै, यदि ग्राहक आफैँले पनि अरू कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने छ । अउँदै गरेको दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरून्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरूले यो सुविधामार्फत् लाभ उठाउन बैंकले आग्रह गरेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवम् विभिन्न डिजिटल बैंकिङमार्फत् सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...