बारामा गोली हानी भारतीय युवकको हत्या

27

बारा, १० असोज । बारामा गएराति गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ । मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाई बारामा गोली प्रहार गरी हत्या गरिएको हो । उनको हत्या पचरौता नगरपालिका–६ लक्ष्मीनियामा भएको हो ।

मंगलबार बेलुकी सवा ६ बजे उनको हत्या भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मृतक सिंह साथीहरूसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनीमाथि गोली चलाएको देखिएको छ ।

यद्यपि, मृतकको शव नारायणी अस्पताल वीरगञ्ज ल्याइएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...