ड्युटीमा खटिएका प्रहरी कुट्ने तीन जना पक्राउ

73

खाँदबारी, ६ असोज । सङ्खुवासभा जिल्लाको पाँचखापनस्थित बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय वानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका–७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए ।

उनीहरूको हातपातबाट इलाका प्रहरी कार्यालयका वानाका प्रहरी हवल्दार सन्तोष राई घाइते भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको छ ।

बिहीबार पाँचखपन नगरपालिका–७ बिहीबारे बजारमा मादक पदार्थ पिएर होहल्ला गरिरहेको भन्ने खबरपछि प्रहरी टोली खटिएको थियो । त्यसक्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए ।

पक्राउ परेका तीनै जनालाई बिहीबार नै ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...