नेपाललाई युक्रेन बनाउन खोजिँदै छ : विप्लव

18

विराटनगर, २५ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् ।

समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले साम्राज्यवादीहरूले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाएका हुन् । यसलाई रोक्न समाजवादी मोर्चा गठन भएको उनको भनाइ थियो ।

समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको बताउँदै उनले स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने दाबी गरे । मोर्चालाई देशको कुनाकुनामा पुर्‍याउने उनले बताए । नेपालमा आज चलिरहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताएका विप्लवले जनयुद्धले ठुलो परिवर्तन आए पनि जनताले अनुभूति गर्न नसकेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...