समाजवादी मोर्चाको सन्देशसभा विराटनगरमा

30

विराटनगर, २५ भदौ । समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दै छ ।

मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज विराटनगरमा सन्देशसभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा दिउँसो १२ बजेदेखि सुरू हुने छ ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतले उक्त सभालाई सम्बोधन गर्नेछन् । सो सभाको आयोजना जसपा नेपालले गरेको हो ।

मोर्चाले सुदूरपश्चिमबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...