एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग : ओली

28

लुम्बिनी, १७ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताएका छन् ।

उनले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बबुलको रूख खोज्ने स्याउ,” उनले भने, “हामीले सुरू गरेको विकासका योजना अहिले सबै अलपत्र छन् ।”

अध्यक्ष ओलीले नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले सुशासन र समृद्धिका लागि नेतृत्व गर्ने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...