धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ बोलको गीत सार्वजनिक [भिडिओ]

31

काठमाडौँ, ३ भदौ । गायक धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ । गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडिओमा जीवन प्रति आशावादी हुँदै जिउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ ।

हुन त गोस्वामी आफ्नो नयाँ शैलीमार्फत् दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । उनले ‘एउटा यात्रा’को भिडिओमा पनि आफ्नो सोही शैली देखाउने प्रयास गरेका छन् ।

भिडिओमा दिनरात अथक परिश्रम गर्ने यद्यपि, त्यहाँ कहिलेकाहीँ परिणामहरू अपेक्षाअनुरूप नहुन सक्छन्, जसले निराश र अगाडि बढ्न असहज गराउन सक्छ, त्यस्ता क्षणहरूमा शान्तिलाई अँगाल्न र आफैँमा भरोसा जगाउनु महत्त्वपूर्ण हुन्छ भन्ने कथा पेस गरिएको छ ।

गोस्वामीले पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारीजस्ता समस्याका कारण युवाहरूमा मानसिक स्वास्थ्यमा विचलन आइ अप्रिय कदमहरु उठाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो गीत तयार पारेका हुन् ।

उनले आशावादी भई जीवन जिउन प्रेरित हुन भन्ने जोड गीतमा दिएका छन् ।

नेपाल ताराबाट चर्चामा आएका गायक सेवान नेपाली संगीत क्षेत्रका प्रतिभावान गायकका रुपमा परिचित हुन् ।

सेवान र गोस्वामीले अष्ट्रेलियाका विभिन्न सहरहरुमा विभिन्न साँगीततिक कार्यक्रम सँगै केही गीतहरुको सिर्जनामा सहकार्य गर्दै आइरहेका छन् र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो ।

यो गीतको भिडिओलाई सुरज श्रेष्ठ छायांकन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...