‘कैदी मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुन्छ’

98

खाँदबारी, २७ साउन । गृह मन्त्रालद्वारा गठित छानबिन समितिका संयोजक कमलप्रसाद पाण्डेले जिल्ला कारागार सङ्खुवासभामा बुधबार भएको दुई कैदीको शंकास्पद मृत्युबारे निष्पक्ष एवम् वस्तुनिष्ठ छानबिन हुने बताएका छन् ।

कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार मृत्यु भएको थियो ।

गृह मन्त्रालयद्वारा बुधबार नै कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । शुक्रबार जिल्लामा स्थलगतरूपमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा पीडित परिवार, अधिकारकर्मी र सरोकारवालाबीच भएको सर्वपक्षीय छलफलमा छानबिन समितिले घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्ने संयोजक पाण्डेले बताए ।

पीडित परिवारका सदस्यले घटना भएको ४ दिनसम्म पनि घटनाका दोषी सार्वजनिक नगरेको भन्दै आक्रोश व्यक्त गरेपछि सर्वपक्षीय छलफलले तत्काल शवको पोष्टमार्टम गर्ने निर्णय गरेको जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

सम्बन्धित समाचार 

Share This:
सम्बन्धित खबर
Loading...