क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ

65

काठमाडौँ, २२ साउन । क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–६ घर भइ हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने २७ वर्षीया फूलमाया जिरेल रहेकी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले मिनभवनबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनले पीडितबाट पटक–पटक गरी ३ लाख ७४ हजार रकम लिइ सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...