सर्जुन राई र अस्मिता अधिकारीको स्वरमा ‘मनका भावना’ सार्वजनिक [भिडिओ]

24

काठमाडौँ, २ साउन । गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडिओ सार्वजनिक भएको छ ।

गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्युजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ छ ।

सर्जुन राईको निर्देशन रहेको भिडिओमा सागर थापा (ध्रुव) र सुजाता थुलुङ राई फिचर्ड छन् । भिडिओमा सागर र सुजातालाई रोमान्टिक भावमा देख्न सकिन्छ । भिडिओमा दर्शकले मुस्ताङका सुन्दर लोकेसन हेर्न पाउँछन् ।

भिडिओमा अविनाश मानन्धरको ड्रोन, निमा लामाको मेकअप, अनिल के मानन्धरको डिओपी छ । भिडिओकी निर्माता शान्ता राई हुन् ।

शान्ता मोसन पिक्चर्सको प्रस्तुती रहेको भिडिओ एक्स–डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...