गायिका समीक्षा अधिकारीको स्वरमा ‘म मर्छु तिमी बिना’ सार्वजनिक

56

काठमाडौँ, १७ असार । अशोक बिकको शब्द, संगीत र भिडिओ निर्देशन रहेको ‘म मर्छु तिमी बिना’ सार्वजनिक गरिएको छ ।

गीतलाई एआर इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

२१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदीप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

अशोक बिकको निर्देशन रहेको गीतमा नरेश वीर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडिओमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदिको अभिनय रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...