काठमाडौँ, ३१ जेठ । गायक राजेश पायल राईको स्वर रहेको साँझ पर्यो बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ ।
रिमा श्रेष्ठको शब्द, अनुप रेग्मीको संगीत र धिरज श्रेष्ठको एरेन्ज रहेको गीतले प्रेम गाथाको कथालाई उठाएको छ । यस गीतको निर्माता युनिक श्रेष्ठ र जिना श्रेष्ठ हुन् ।
रोहन श्रेष्ठ, प्रिन्शिका श्रेष्ठको अभिनय रहेको गीतको भिडिओको निर्देशन दिनेश बस्नेतले गरेका हुन् ।
उक्त गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका छन् ।