छ किलो चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ

22

काठमाडौँ, ३० जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउला वेर्स्टलाई पक्राउ गरेको छ ।

टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुई वटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागुपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...