काठमाडौँ, १९ जेठ । ‘आइएमई पे’ले आइफोन-१४ जित्न सकिने नयाँ अफर ल्याएको छ । आइएमईले बिहीबारदेखि ‘रू १४ मा आइफोन १४’ नामक अफर सुरू गरेको हो । यो अफर आउँदो असार ३० गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
अफरमा ग्राहकले आइएमई पेको ‘रू १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गएर गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जति पटक पनि १४ रूपैयाँ तिरेर खेल्न पाउने छन् ।
आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता नहुने तर नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आइएमई पेमा फिर्ता हुने छ ।