६ करोड रुपैयाँभन्दा बढीको अवैध जुत्तासहित तीन वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

25

हेटौँडा, ३१ वैशाख । मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपलिका-१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरी ६ करोड रूपैयाँभन्दा बढीको जुत्तासहित तीन वटा ट्रक लिएको छ ।

एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक नियन्त्रणमा लिएको सहप्रवक्ता एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

अमेरिकी डलर ४ लाख ८८ हजार १७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...