आइपिएल २०२० : हैदराबादद्वारा पञ्जावलाई २०२ रनकाे लक्ष्य

114

काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० प्रतियोगिता अन्तरगत सरराइजर्स हैदराबादले किङ्स इलावेन पञ्जावलाई २ सय २ रनको विजयी लक्ष्य दिएको छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

पहिलो विकेटका लागि हैदराबादका कप्तान डेविड वार्नर र जोनी बेइस्ट्रोले १ सय ६० रनको साझेदारी गरे । वार्नरले ५२ रनको योगदान दिएका थिए । यस्तै ५५ बलको सामना गरेका बेइस्ट्रोले ६ छक्का र ७ चौकाको मद्धतमा ९७ रन बनाए । उनी आइपिएल २०२० मा विदेशी खेलाडीको तर्फबाट पहिलो शतक बनाउन ३ रनले चुके । बेइस्ट्रोलाई पञ्जावका रवि बिस्नोइले एलबिडब्ल्यु धरापमा पारे ।

हैदराबादका अन्य खेलाडीले ४१ रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । अन्य खेलाडीमा केन विलियम्सनले २० तथा अविषेक शर्माले १२ रन जोड्दा अन्य तीन जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।

पञ्जावका रवि बिस्नाेइले ३, अर्शदीप सिंहले २ तथा माेहम्मद शामीले एक विकेट लिए ।

समान पाँच/पाँच खेल खेलेकाे हैदराबाद २ खेलमा जित र तीनमा हरसहित ४ अंक जाेड्दै तालिकाकाे छैटाैं स्थानमा रहेकाे छ भने एक खेलमा मात्र जित हात पारेकाे पञ्जाव पुछारमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...