बिहे हुन एक साताअघि भक्तपुरकी सुस्मिताले किन गरिन् आत्महत्या ?

111

काठमाडौँ, २२ वैशाख । भक्तपुरमा एक युवतीले आफ्नो विवाह तय भएको ठिक एक साताअघि आत्महत्या गरेकी छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्काले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनी बिहीबार बिहान गुण्डुस्थित आफ्नै घरको फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीले जानकारी दिए ।

सुस्मिताको यही वैशाख २८ गते विवाह हुने पक्का भएको थियो तर टीकाटालो हुन भने बाँकी थियो ।

घटनास्थलमा सुस्मिताले लेखेको ‘सुखाइड नोट’ समेत फेला पारेको छ । उक्त सुसाइड नोटमा ‘आफैँ झुन्डिएकाले परि नगर्नु’ भनिएको छ ।

एसपी केसीका अनुसार घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको नै पुष्टि भएको छ । उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने विषय भने नखुलेको र थप अनुसन्धान भइरहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...