पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

630

काठमाडौँ, २१ वैशाख । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौँ आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बतायो । अहिले उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ ।

रायमाझीका छोरा सन्दीपलाई बुधबार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गर्ने तयारी गरिएको छ । यस्तै, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । यही प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...