काठमाडौँ, १८ वैशाख । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेललगायतको मूल्य घटेर आएको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल लिटरमा ४ रूपैयाँ ३३ पैसा र डिजेल लिटरमा ४ रूपैयाँ ११ पैसा मूल्य घटेर आएको छ ।
हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल–भारत सम्झौता छ । जसअनुसार नयाँ मूल्य आएको हो । नयाँ मूल्यअनुसार अब निगमलाई पेट्रोल लिटरमा १० रूपैयाँ र डिजेल लिटरमा ६ रूपैयाँ नाफा रहने छ ।
अहिले पेट्रोलको मूल्य १७५ रूपैयाँ प्रतिलिटर र डिजेलमा १६५ रूपैयाँ प्रतिलिटर कायम छ । यही मूल्य कायम रहेमा निगमको नाफा प्रति १५ दिनमा १ अर्ब नाघ्ने छ ।