निरा आचार्य हत्या आरोपमा एक जना पक्राउ

137

काठमाडौँ, १७ वैशाख । निरा आचार्यको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार निराको हत्या आरोपमा विनोद बिकलाई पक्राउ गरिएको हो ।

एआइजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकरात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।

काठमाडौँको कपन, सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

यस घटनको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...