नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एकजना पक्राउ

58

काठमाडौँ, १ वैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका थप एकजना पक्राउ गरेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाएर रकम असुल्ने तुलसीपुर उपमहानगरपालिका–१६ स्थायी घर भइ हाल ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्दै आएका ३३ वर्षीय सन्देश शर्मालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई बुधबार काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट उनीसहितका आरोपतिविरूद्ध पक्राउ पुर्जी लिइसकेको थियो । अनुसन्धान चलिरहेको अवस्थामा करिब १० महिनापछि शर्मा पक्राउ परेका हुन् ।

प्रहरीले यसअघि नै गिरोहका अन्य ४ सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरूङ र सानु भण्डारीलाई पक्राउ गरिसकेको छ । उनीहरूविरूद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...