२० हजार रूपैयाँ घुससहित इञ्जिनियर पक्राउ

22

काठमाडौँ, २८ चैत । सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले  सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इञ्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...