जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

67

ओखलढुङगा २४ चैत । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाल रहेका छन् ।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...