पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो ?

304

काठमाडौँ, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजल र मट्टितेलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १६० रुपैयाँमा बिक्री हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...