नक्कली भुटानी शरणार्थी बनाइ रकम ठगेको आरोपमा एक जना पक्राउ

100

काठमाडौँ, १६ चैत । भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ४० वर्षीय सागर राई रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालकुमारी क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई मुलुकी अपराध संहिताको दफा २४९ बमोजिमको (२) र (१)को कसुरमा अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुस्
नक्कली शरणार्थी बनाइ करोडौँ असुली गर्ने तीनजना पक्राउ

Share This:
सम्बन्धित खबर
Loading...