राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

28

काठमाडौँ, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद छन् ।

Share This:
सम्बन्धित खबर
Loading...