राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

171

काठमाडौँ, ४ चैत । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

सूचीमा मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा सशस्त्र द्वन्द्वका बेला सरकार र माओवादी दुवै पक्षबाट मारिएका व्यक्तिहरूको नाम समावेश छ । साथै छिन्ताङ काण्डदेखि मधेस आन्दोलनसम्म र अन्य विभिन्न जिल्लामा भएका घटनामा साहदत प्राप्त गर्नेहरूको नाम प्रकाशित भएको छ ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहितको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइ सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो ।

जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहितको मान्यता पाउन सकेका थिएनन् ।

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भइ राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउने छन् ।

राष्ट्रिय सहिद

Share This:
सम्बन्धित खबर
Loading...