काठमाडौँ, २ चैत । नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १ रूपैयाँ ७४ पैसा घटाएर पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १७८ रूपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ ।