उपराष्ट्रपति पदका लागि यादवको उम्मेदवारी दर्ता

36

काठमाडौँ, २७ फागुन । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरू संयुक्त रूपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा नेताहरू अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसन श्रेष्ठ र रमेशजंग रायमाझी तथा समर्थकमा नेताहरू रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा.खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...