पाँच जना डिआइजीको एआइजी बढुवामा सिफारिस

71

काठमाडौँ, २६ फागुन । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले डिआइजीहरू वसन्तकुमार कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

राष्ट्रपतिको निर्वाचनअघि आचारसंहिता लाग्ने भएपछि गृह मन्त्रालयले बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो । आयोगले अनुमति दिएसँगै शुक्रबार ५ जनालाई एआइजीमा बढुवा सिफारिस गरिएको हो ।

आयोगले आगामी चैत ५ गतेसम्म आचारसंहिता लगाएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...