काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।
अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइ रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् ।
२०७६ माघ १ गते माघी पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । त्यही अभिव्यक्तिलाई समेत आधार मानेर मुद्दा दायर गरिएको हो ।
अदालतले उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ ।