माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : उपाध्यक्ष महरा

30

कटारी, २० फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभइ संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् ।

उदयपुरको कटारीमा आजदेखि सुरू भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन कोसी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले ८ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए ।

“राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवम् शान्ति प्रक्रियाको काम पूरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...