छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

53

विराटनगर, १० फागुन । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार सुनसरीको इटहरी उपमहानगरपालिका–१० खनारस्थित दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ ह ६४३२ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भइ पल्टिदा घाइते भएका सिटीमा सवार इटहरी–१० का ४० वर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

यसैगरी आज मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोकस्थित पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको २ वटा साइकललाई ठक्कर दिँदा घाइते भएका साइकल यात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो भने अर्का साइकल यात्री १८ वर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

झापाको कनकाई नगरपालिका–१ दुर्गापुर चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१– ०१६–३१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९३१९ नम्बरको विर्तामोड–२ मा रहेको निधी क्याम्पसको बसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ वर्षीय समिर लिम्बूको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

सबै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...