राजीनामा दिएका रास्वपाका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्दै

78

काठमाडौँ, २३ माघ । पदबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धरामा हुने बताइएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरूका बारेमा जानकारी गराइने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...