काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रिपरिषद्मा रहेका श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले राजीनामा दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बसुन्धरामा आइबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
उक्त निर्णयसँगै तीन जना मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा पुगेर राजीनामा बुझाएका हुन् ।