काठमाडौँ, २० माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ४०० रूपैयाँले घटेको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख छ हजार १०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन एक लाख सात हजार थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले घटेर रु एक हजार ३६५ तोकिएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।