पोखरा विमान दुर्घटना : १० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

61

काठमाडौँ, ६ माघ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी बिहीबार परिवारलाई बुझाइएको छ ।

माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर ७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो ।

काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।

जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृतकका परिवारलाई बुझाइने छ । चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजी जारी रहेको छ ।

यो पनि हेर्नुस्
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्– ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन

भेटियो दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

के हो ‘ब्ल्याक बक्स’ ? विमान दुर्घटनापछि यसकारण खोजिन्छन्

पोखरा जहाज दुर्घटना : आफन्तलाई बुझाइयो २२ जनाको शव

Share This:
सम्बन्धित खबर
Loading...