काठमाडौँ, ३ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ ।
नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत् शव ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ ।
विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको छ ।
यो पनि हेर्नुस्
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना
विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्– ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’
पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै
सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन
भेटियो दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स