विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

134

काठमाडौँ, २ माघ । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ ।

एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो ।

सो एयरलाइन्सले अकल्पनीय दुर्घटनामा परी दिवंगत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

दुःखद् घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।

May be an image of text that says 'यती एअरलाइन्स हार्दिक श्रद्धाज्जली मिति २०७९ माघ ৭ गते आइतबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेको यती एअरलाइन्सको 9N-ANC ATR 72-500 वायुयान सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति हामी स्तब्ध छौं यस अकल्पनीय दुर्घटनामा परी दिवंगत हुनुभएकाप्रति भावपूर्ण श्रद्धात्जली अर्पण गर्दे मृतक आत्माको चीरशान्तिको कामनाका साथ शोकाकुल परिवारजनप्रति यती एअरलाइन्स परिवार हार्दिक समवेदना प्रकट गर्दछों यस दुःखद घडीमा शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले घैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछौं यती एअरलाइन्स परिवार'

यो पनि हेर्नुस्
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्– ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन

भेटियो दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’

Share This:
सम्बन्धित खबर
Loading...