पाेखरा विमान दुर्घटना : चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

127

काठमाडौँ, २ माघ । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ ।

दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइनेछ । उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जाँदै छ ।

माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘९एन एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यु एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।

यो पनि हेर्नुस्
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्– ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन

भेटियो दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’

Share This:
सम्बन्धित खबर
Loading...