सङ्खुवासभामा आगलागी हुँदा दुई घरमा क्षति

97

खाँदबारी, २४ पुस । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ स्थित भ्याङखोलामा आगलागी हुँदा दुई घर क्षतिग्रस्त भएको छ ।

गएराति खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य पवित्रा गुरूङको घर र सोही वडाका समग्र टोलस्थित पर्शुराम दर्जीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी उपरीक्षक विरेन्द्र गोदारले बताए ।

दुवैजनाको घरमा गएराति ९/१० बजेतिर आगलागी भएको थियो । स्थानीयको सक्रियतामा केही समयपछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट पवित्रा गुरूङको दुईवटा घरमध्ये एउटा घरमा पूर्णरूपमा क्षति पुगेको छ भने दर्जीको ढुंगा, माटो र खरले छाएको तीनतले घर पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरीले मुचुल्का तयार पार्ने काम भइरहेकाले आगलागी हुनुका कारण र क्षति बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक गोदारको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...