साढे ५ किलो कोकिनसहित दुई विदेशी महिला पक्राउ

66

काठमाडौँ, ८ पुस । ठुलो परिमाणमा लागुऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । नेपाल प्रहरीले ५ किलो ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युक्रेन र थाइल्यान्डका महिला रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जनाएको छ ।

पुष ६ गते दुबईबाट काठमाडौँ आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको र उनले ल्याएको दुई वटा सुटकेसभित्र फल्स बटम बनाई लुकाइराखेको अवस्थामा ५ किलो ६ सय ग्राम कोकिन र केही अमेरिकी डलर, थाई भाट र नेपाली रुपैयाँ बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए ।

थप अनुसन्धानको सिलसिलामा कोकिनको सुटकेस लिन आएकी थाई नागरिकलाई पनि पक्राउ गरिएको उनले बताए । बरामद भएको कोकिनको अवैध बजार मूल्य १२ करोडभन्दा बढी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...